पूर्व गृहमन्त्री खाण टेकुको हिरासतमा, सहयोगी सोर्हखुट्टे लगियो

पूर्व गृहमन्त्री खाण टेकुको हिरासतमा, सहयोगी सोर्हखुट्टे लगियो

काठमाडौँ : नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका लैजाने गिरोहमा संलग्न रहेको आरोपमा समातिएका  पूर्व गृहमन्त्री बालकृष्ण खाणलाई  टेकुस्थित हिरासतमा राखिएको छ।

बुधवार चाबहिल मैजुबहालबाट समातिएका उनलाई तीन दिन हिरासतमा राख्न अदालतले अनुमति दिएपछि प्रहरीले जिल्ला प्रहरी परिसर काठमाडौँकै हिरासतमा राख्यो।

बुधवारै समातिएका उनका स्वकीय सचिव नरेन्द्र केसीलाई  प्रहरी वृत्त सोह्रखुट्टको हिरासतमा राखिएको छ।

अनुसन्धानमा असर पर्ने जोखिम देखिएमा आरोपीहरूलाई एकै हिरासतमा राखिन्न।

नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाएर सङ्गठित अपराधमा संलग्न गिरोहको आर्थिक प्रलोभनमा परेर सघाएको आरोप दुबैमाथि छ।

सोही आरोपमा गिरोहका सदस्यसँगै नेपाल सरकारको बहालवाला सचिवसम्म पक्राउ परिसकेका छन्। 

२७ बैशाख, २०८०, ००:३९:४५ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।