टप फाइभ : पूर्वगृहमन्त्रीको निवासलाई विहानै प्रहरीले घेर्यो, जब प्रहरी महानिरीक्षकलाई प्रधानमन्त्री पत्नीले थर्काइन्

टप फाइभ : पूर्वगृहमन्त्रीको निवासलाई विहानै प्रहरीले घेर्यो, जब प्रहरी महानिरीक्षकलाई प्रधानमन्त्री पत्नीले थर्काइन्

काठमाडौं : बुधबार दिनभर नक्कली भुटानी शरणार्थी प्रकरणमा पूर्वगृहमन्त्री बालकृष्ण खाँण पक्राउ परेको विषयले चर्चा पायो। विहानै उनी बसेको चावहिलको मैजुबहाल भाडाको घरमा प्रहरी पुग्यो र उनलाई पक्राउ गर्यो। त्यसपछि जिल्ला प्रहरी परिसर टेकुमा ल्याएर बयान लिइयो र जिल्ला अदालतमा हिरासतमा राख्नका लागि अनुमति मागियो। अदालतले अनुमति पनि दियो।

यस्तै तीन दलका शीर्ष नेताको बैठक पनि आज सिंहदरबारमा बस्यो। प्रधानमन्त्री एवं माओवादी केन्द्रका अध्यक्ष पुष्पमकमल दाहाल, कांग्रेस सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष ओलीबीच छलफल भयो। उनीहरुबीचको छलफलमा प्रहरीलाई आफ्नो काम गर्न दिने र डिस्टर्ब नगर्ने सहमति भयो।

संसदमा सांसदहरूले बजेटको सिद्धान्त र प्राथमिकताको विषयमा छलफल भयो। त्यसक्रममा राष्ट्रिय प्रजातन्त्र पार्टीले आफूलाई बोल्न नदिएको भन्दै संसद् बैठक अवरुद्ध गर्यो। त्यसपछि रोकिएको बैठक १५ मिनेटपछि पुन: बस्यो। दोस्रो बैठकमा भने राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले बोल्न पाएपछि भने संसद् अघि बढ्यो।

यसैबीच नेपाली कांग्रेसको पदाधिकारी बैठक पनि आज बस्यो। बैठकमा पार्टीका नेता एवं पूर्वगृहमन्त्री बालकृष्ण खाँणलाई निलम्बन गर्ने कि नगर्ने भन्ने विषयमा छलफल भयो। पार्टीका महामन्त्रीद्वय विश्वप्रकाश शर्मा र गगन थापाले निलम्बन गर्नुपर्ने आवाज उठाए पनि सभपति देउवाले मौन बसे। यसबारेमा बिहीबार विहान पुनः पदाधिकारी र पूर्वपदाधिकारीको बैठक बसेर निर्णय लिइनेछ।

अब लागौं उकेरा टप फाइभतर्फः
उकेराले बिहीबार विहान पूर्वगृहमन्त्री बालकृष्ण खाँण पक्राउ परेको समाचार छाप्यो। विहान ९ बजेतिर उनको घरअगाडि तीनवटा गाडी आयो। गाडीबाट झरेका सीमित व्यक्ति घर भित्र गए। अधिकांश कम्पाउन्ड बाहिर छरिए। केही समयमा घरभित्रबाट एक गाडी निस्कियो। गाडीमा खाणसँगै बाहिरबाट गएका व्यक्तिहरू थिए।
पूरा समाचारः बिहानै पूर्व गृहमन्त्री खाँणको डेरा घेरिएपछि...

दिउँसो उकेराले पूर्व गृहमन्त्री खाँण जान्न भन्दै फोन गर्दै गरेको समाचार छाप्यो। प्रहरीले आफूहरू सोधपुछका लागि लिन आएको बताउँदा उनी रिसाए। निरन्तर विभिन्न व्यक्तिहरूलाई मोबाइलबाट फोन गर्ने प्रयास गरिरहेका थिए।
पूरा समाचारः पूर्व गृहमन्त्री खाण जान्न भन्दै फोन गर्दै थिए, कसैको फोन नउठेपछि लुरुक्क बाहिर निस्किएर प्रहरीको गाडी चढे

यस्तै उकेराले काठमाडौं महानगरले प्रमुखलाई टुकुचा खुला पार्न सहज नभएको समाचार छाप्यो। उच्च अदालतको फैसलालाई समेटेर लेखिएको समाचारमा अदालतले टुकुचालाई खोला भने पनि त्यहाँका संरचनालाई अवैध भनेको छैन।
पूरा समाचारः सहज देखिंदैन बालेनलाई अघि बढ्न, अदालतले टुकुचालाई खोला भन्यो, त्यहाँका संरचनालाई अवैध भनेको छैन

उकेराले नाटक ‘चे’को समीक्षा छाप्यो। ‘चे इज ब्याक’ नाटकले गरेको प्रयोग नौलो छ। दर्शक नाटकघरको बन्द कोठामा पुग्ने बित्तिकै टेलिभिजनमा समाचार आउँछ। बीचमा समाचारले नै दर्शकलाई डोहोर्याउँदै कथा भन्छ।
पूरा समाचारः पत्रकारको मुखौटोमा लुकेको ‘चे’

त्यसैगरी साँझपख उकेराले नियमित स्तम्भअन्तरगत ब्याच नम्बर ६९ छाप्यो। प्रधानमन्त्री पत्नीले ‘गृहमन्त्री र गृहसचिव त मैले बनाएको हो नि’ भन्दै थर्काएको प्रसङ्ग उनले आजको स्तम्भमा लेखे।
पूरा समाचारः प्रधानमन्त्री पत्नीले ‘गृहमन्त्री र गृहसचिव त मैले बनाएको हो नि!’ भन्दै थर्काएपछि...

२७ बैशाख, २०८०, २२:०४:१९ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।