नक्कली शरणार्थी प्रकरणको अडियो नक्कली दाबी गर्दै आरजुले साइबर ब्युरोमा उजुरी दिइन्

नक्कली शरणार्थी प्रकरणको अडियो नक्कली दाबी गर्दै आरजुले साइबर ब्युरोमा उजुरी दिइन्

काठमाडौँ : नक्कली भुटानी शरणार्थी प्रकरणमा लेनदेन भएको भन्दै सार्वजनिक भएको अडियोबारे अनुसन्धान गर्न माग गर्दै कांग्रेस सांसद आरजु राणाले प्रहरीको साइबर ब्युरोमा उजुरी दिएकी छिन्।

कांग्रेस सांसद मञ्जु खाँण अनि आरजु राणाले यो प्रकरणमा ६ र साढे दुई करोड लिएको दाबी गरिएको अडियो सामाजिक सञ्जालमा सार्वजनिक भएको थियो। उनले सो अडियो झुटो भएको दाबी गर्दै कारबाहीको मागसहित बुधवार उजुरी दिएकी हुन्।

उजुरीमा उनले अडियोसँग आफ्नो कुनै सरोकार र जानकारी नभएको र नक्कली भुटानी शरणार्थीका सम्बन्धमा आफ्नो समेत नाम जोडेर कुराकानी गरिएको अडिओ रेकर्ड कहाँ, कसरी, कसले र के उद्देश्यले रेकर्ड गरेका हुन् भन्ने अनुसन्धान गर्न माग गरेकी छिन्।

अडियोकोबारेमा अत्याधुनिक प्रविधि प्रयोग गरी सत्यतथ्य ब्यहोरा तत्काल सार्वजनिक गर्दै दोषीमाथि कानुन अनुसार कडाभन्दा कडा कारबाही गर्न उनले निवेदनमा माग गरेकी छिन्।

२७ बैशाख, २०८०, १६:५२:११ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।