गृहमन्त्री श्रेष्ठको चेतावनीः भ्रष्टाचारीलाई छाड्दिनँ

गृहमन्त्री श्रेष्ठको चेतावनीः भ्रष्टाचारीलाई छाड्दिनँ

काठमाडौँः नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका लैजाने ठगी धन्दामा लाग्नेहरू कसैलाई नछाड्ने उपप्रधान तथा गृहमन्त्री नारायणकाजीले चेतावनी दिएका छन्। 

बुधवार काठमाडौंमा आयोजित निर्मल लामा स्मृति प्रतिष्ठान कार्यक्रममा गृमन्त्री श्रेष्ठले देशमा थुप्रै समस्या रहेको र कमिसन र भ्रष्टाचारले देश जर्जर बनाएको बताए।

कमिसनखोर र भ्रष्टाचारीलाई कारबाही गर्न आफू पछि नहट्ने उनको भनाइ थियो। 

उनले भने, ‘हाम्रो देशमा अरू थुप्रै  समस्या छन्। कमिसन र भ्रष्टाचारले देश जर्जर छ। कमिसनखोर र भ्रष्टाचारीलाई कारबाही गर्नुपर्छ र सामाजिक आर्थिक रूपान्तरणको प्रक्रिया तीव्र पार्नुपर्छ।’

२७ बैशाख, २०८०, १६:२३:२६ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।