नक्कली शरणार्थीको छानबिन चल्दाचल्दै बदलिए गृह सचिव

नक्कली शरणार्थीको छानबिन चल्दाचल्दै बदलिए गृह सचिव

काठमाडौँ : नक्कली भुटानी शरणार्थीसम्बन्धी प्रकरणको अनुसन्धान तीव्र बनिरहेको बेलामा सरकारले गृह मन्त्रालयको सचिव बदलेको छ। मन्त्रिपरिषद्ले प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव दिनेश भट्टराईलाई गृह सचिव बनाएको छ।

गृह मन्त्रालयमा रहेका सचिव विनोदप्रकाश सिंहलाई भने प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा सरुवा गरेको छ।

भट्टराई यस अगाडि नीति अनुसन्धान प्रतिष्ठान, वाणिज्य तथा आपूर्तिमा सचिव भइसकेका छन्। गृह आउनु अगाडि उनी प्रधानमन्त्री कार्यालयमा आर्थिक तथा पूर्वाधार हेर्दै आएका थिए। 

२७ बैशाख, २०८०, १५:३७:४३ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।