खाण पक्राउ परेपछि प्रधानमन्त्रीसहित देउवा र ओली सिंहदरबारमा

खाण पक्राउ परेपछि प्रधानमन्त्रीसहित देउवा र ओली सिंहदरबारमा

काठमाडौँ : नक्कली भुटानी शरणार्थी प्रकरणमा पूर्व गृहमन्त्री तथा नेपाली कांग्रेसका नेता बालकृष्ण खाण पक्राउ परेपछि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसहितका तीन शीर्ष नेता छलफलमा बसेका छन्।

सिंहदरबारमा प्रधानमन्त्री प्रचण्डसहित कांग्रेस सभापति शेरबहादुर देउवा र एमालेका अध्यक्ष केपी शर्मा ओली छलफलमा छन्।

बुधवार बिहान प्रहरीले खाण र उनको स्वकीय सचिवलाई पक्राउ गरिसकेको छ। एमालेले बुधवारै नक्कली शरणार्थी प्रकरणमा फरार रहेका पार्टी सचिव टोपबहादुर रायमाझीलाई निलम्बन गरेको छ।

नक्कली भुटानी शरणार्थी प्रकरणमा गृह प्रशासनै मिलेको देखिएको छ। प्रधानमन्त्री केपी शर्मा ओलीका तत्कालीन स्वकीय सचिव राजेश महर्जनदेखि देउवाकी श्रीमती तथा कांग्रेस सांसद आरजु राणा, खाणको श्रीमती तथा कांग्रेस सांसद मञ्जु खाण समेत यो प्रकरणमा जोडिइसकेका छन्।

२७ बैशाख, २०८०, १५:०६:५१ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।