उकेरा टप फाइभ : प्रेम राई जोगाउने ओलीको इन्ट्रेस्टदेखि विश्वासको मत नलिने प्रचण्डको निष्कर्षसम्म

उकेरा टप फाइभ : प्रेम राई जोगाउने ओलीको इन्ट्रेस्टदेखि विश्वासको मत नलिने प्रचण्डको निष्कर्षसम्म

काठमाडौं : शनिबार सत्ता गठबन्धनको बैठक बस्यो। बैठकले प्रधानमन्त्रीले विश्वासको मत लिनुनपर्ने निष्कर्ष निकाल्दै यस्तो संवैधानिक व्यवस्था नै नभएको दाबी गर्यो। राष्ट्रिय स्वतन्त्र पार्टीले सरकारलाई दिएको समर्थन फिर्ता लिएसँगै प्रधानमन्त्रीले विश्वासको मत लिनुपर्ने भनेर चर्चा भइरहँदा सत्ता गठबनन्धनको तर्फबाट यस्तो तर्क आएको हो।

उता शनिबार नै प्रधानमन्त्री पुष्पकमल दाहालले भुटानी शरणार्थी प्रकरण र भ्रष्टचारको फाइल खोल्ने विषयमा आफूहरु निर्मम भएर लाग्ने बताए। उनले अहिले भइरहेका पक्राउ पर्ने श्रृंखला र छानविनको श्रृंखलालाई सुरुवात मात्र भएको बताउँदै अझै धेरै भ्रष्टाचारका फाइल खोल्न संकेत गरे। उनले पूरै फिल्म हेर्न बाँकी नै भएको भन्दै अहिले भइरहेको छानविन र अनुसन्धानलाई ट्रेलरको संज्ञा दिए।

अब लागौं टप फाइभ तर्फः
उकेराले शनिबार फिल्म ‘ज्याकीः आई एम ट्वान्टी वान’को समीक्षा प्रकाशित गर्यो। रेनासा वान्तवा राईले निर्देशन गरेको फिल्म नृत्यको विधामा बनेको सम्भवतः नेपालको पहिलो फिल्म हो।
पढौं समीक्षाः ‘इमोसन’ देखाउन असफल डान्सिङ रियालिटी सोजस्तो फिल्म

दिउँसो नै उकेराले दलितभित्रको जातीय विभेद अन्त्य गर्न सुर्खेतमा मागी विवाह भएको विषयलाई प्राथमिकता दिएर समाचार छाप्यो। काठमाडौं बुढानिलकण्ठ नगरपालिका–८ भंगालका सुरेश पुर्कुटीले सुर्खेत वीरेन्द्रनगर–११ झुप्राकी सीता बादीसँग मागी विवाह गरे।
पूरा समाचारः दलितभित्रको विभेद अन्त्य गर्ने प्रयास : सार्कीका छोरा र बादीकी छोरीबीच मागी विवाह

यस्तै उकेराले शनिबार विहान प्रधानमन्त्री पुष्पकमल दाहाल र एमाले अध्यक्ष केपी शर्मा ओलीबीच भएको छलफललको विषयलाई लिएर समाचार बनायो। समाचारमा भुटानी शरणार्थी प्रकरणमा ओलीले पार्टी सचिव टोपबहादुर रायमाझी भन्दा पनि अख्तियार प्रमुख प्रेम राईलाई जोगाउन खोजेको विषय छ।
पूरा समाचारः प्रधानमन्त्रीसँगको भेटमा ओलीको चासो टोपबहादुरमा कम, प्रेम राईमा ज्यादा

उकेराको नियमित स्तम्भ डाक्टरका सुख–दुःख मा आज हामीले बालरोज विशेषज्ञ डा. कविता क्यालको उपचार अनुभव समेटेका छौं। बालबालिकाको स्वास्थ्य परीक्षण तथा औषधि उपचार गर्ने उनले हजारौं बालबालिका उपचार गरेकी छन्।
पूरा समाचारः डा. कविताको उपचार अनुभव : बच्चाको अवस्था भन्दा महिला आत्तिएर डाँको छोडेर रुन पो थालिन्

साँझपख उकेराले सत्ता गठबन्धनको दलको बैठकको समाचार छाप्यो। समाचारमा सत्ता गठबन्धनले प्रधानमन्त्रीले विश्वासको मत लिनुनपर्ने निष्कर्ष निकालेको प्रसङ्ग समेटिएको छ।
पूरा समाचारः माओवादीको दाबी : अहिले विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्था छैन

२३ बैशाख, २०८०, २१:५५:३७ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।