'गंगुबाई काठियावाडी' बाट आलियाले जितन् फिल्म फेयर अवार्ड

'गंगुबाई काठियावाडी' बाट आलियाले जितन् फिल्म फेयर अवार्ड

बलिउड अभिनेत्री आलिया भट्टले फिल्म 'गंगुबाई काठियावाडी'बाट सर्वोत्कृष्ट अभिनेत्रीको अवार्ड पाएकी छन् ।

अवार्ड जितेपछि आलियाले अवार्ड समारोहको तस्विर सामाजिक सञ्जालमा सेयर गरेकी छन् । उनले फिल्मका निर्देशक सञ्जय लीला भन्साली, रणवीर कपुर र राहालाई यस यात्रामा निरन्तर साथ दिएकोमा धन्यवाद दिइन्।

फिल्म 'गंगुबाई काठियावाडी'मा आलियाले यौनकर्मीको भूमिका निर्वाह गरेकी थिइन् । फिल्मले उत्कृष्ट फिल्म र उत्कृष्ट निर्देशकको अवार्ड पनि जित्यो । कार्यक्रममा आलिया कालो मरमेड गाउनमा देखिएकी थिइन् । रेखाले उनलाई उक्त अवार्ड प्रदान गरेकी हुन् ।

सामाजिक सञ्जालमा तस्बिर सेयर गर्दै आलियाले लेखेकी छन्, ‘गंगुबाई काठियावाडी फिल्मको सुटिङ सकिएको दिन मेरा हातहरु काँपिरहेका थिए । मेरो मन भरिएको थियो। फिल्म हिट हुन्छ कि फ्लप हुन्छ थाहा छैन, तर यो फिल्म छायांकन गर्दाको अनुभव सधैं सम्झिरहनेछु भनी मैले मेरो टोलीलाई भनेको थिएँ।'

१६ बैशाख, २०८०, ११:०२:२० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।