लाम्पार्ड फर्किएपछि चेल्सीको लगातार पाँचौं हार, कप्तानले आत्मघाती गोल गर्दा घरेलु मैदानमै पराजित

लाम्पार्ड फर्किएपछि चेल्सीको लगातार पाँचौं हार, कप्तानले आत्मघाती गोल गर्दा घरेलु मैदानमै पराजित

एजेन्सी : चेल्सीका पूर्व प्रशिक्षक फ्रान्क लाम्पार्ड र टिमकै लागि क्लबमा उनको पुनरागमन दुर्भाग्यमानी साबित भएको छ।

अन्तरिम प्रशिक्षकको रुपमा चेल्सीमा फर्किएपछि फ्रान्क लाम्पार्डको प्रशिक्षणमा चेल्सीले लगातार पाँचौं खेल हारेको छ।

गए राति भएको प्रिमियर लिगको खेलमा चेल्सी घरेलु मैदानमै ब्रेन्टफर्डसँग २–० ले पराजित भयो।

ब्रेन्टफर्डको जितमा ३७ औं मिनेटमा कप्तान एज्पिलिक्वेटाले पहिलो हाफमा एक आत्मघाती गोल उपहार दिएका थिए।यसपछि एम्वेउमोले दोस्रो हाफमा अर्को गोल थप्दा चेल्सी पराजित भयो।

यो हारसँगै चेल्सी ३२ खेलबाट ३९ अंक सहित लिगको ११ औं स्थानमा छ।

१४ बैशाख, २०८०, ०८:४८:०६ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।