रुपन्देहीमा गोली चल्यो, एक जना घाइते

रुपन्देहीमा गोली चल्यो, एक जना घाइते

बुटवल : रुपन्देहीको सियारी गाउँपालिका-३ सितापुरमा गोली चलेको छ।

बुधबार साँझ गोली चल्दा स्थानीय १९ वर्षीय वीरेन्द्र केवट घाइते भएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रवक्ता प्रहरी नायव उपरीक्षक (डीएसपी) श्यामु अर्यालले जानकारी दिए।

१९ वर्षीय केवटले बाख्रा चराइरहेकाे बेला आफूसँग भएको माेबाइल खोस्न खाेज्दा नदिएपछि अज्ञात व्यक्तिले गोली प्रहार गरेको प्रहरी समक्ष जानकारी गराएको डीएसपी अर्यालले बताए।

घाइते केवटको हिपमा गोली लागेको छ। उनको स्थानीय मेडिकलमा उपचार भइरहेकाे छ।

प्रहरीले घटनाबारे अनुसन्धान सुरु गरेको बताएको छ।

वैशाख ६, २०८० बुधबार २२:२३:२० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।