नौ दिनमा सकियो भक्तपुरको बिस्का: जात्रा (तस्बिरहरू)

नौ दिनमा सकियो भक्तपुरको बिस्का: जात्रा (तस्बिरहरू)

काठमाडौं : गत चैत २७ गतेबाट सुरू भएको भक्तपुरको बिस्काः जात्रा आठ रात नौ दिनपछि मंगलबार सकिएको छ।

काठैकाठले प्यागोडा शैलीमा निर्माण गरिएको तीनतले भैरवनाथको रथमा भैरवनाथको मूल देवता र बेताल देवतालाई विराजमान गराई पाँचतले मन्दिर प्राङ्गणबाट थने (माथिल्लो) र क्वने (तल्लो) टोलमा तानेर लैजाने परम्परा छ।

रथको अगाडि भागमा पाँच र पछाडि चारवटा लामो डोरी राखिएको हुन्छ। जात्रालुले सोही डोरीको माध्यमबाट रथलाई तानेर आ–आफ्नो टोलमा लैजाने गर्दछन्।

जात्राको मुख्य आकर्षण नै रथ तानातान गर्नु हो। रथलाई तानेर तल्लो वा माथिल्लो टोल लैजाने गरिन्छ, जुन टोल लगिन्छ त्यही टोल विजयी भएको मानिन्छ।

५ बैशाख, २०८०, २२:०९:३७ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।