बालेनलाई सचेत गराउने मन्त्रिपरिषद्को निर्णय, नीतिगत व्यवस्था पालना गर्न गम्भीर ध्यानाकर्षण गराउने

बालेनलाई सचेत गराउने मन्त्रिपरिषद्को निर्णय, नीतिगत व्यवस्था पालना गर्न गम्भीर ध्यानाकर्षण गराउने

काठमाडौं : सरकारले काठमाडौं महानगरपालिकाका प्रमुख बालेन शाहलाई जिम्मेवारीबोध गरी काम गर्न सचेत गराउने भएको छ।

मंगलबार सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बसेको मन्त्रिपरिषद्को बैठकले काठमाडौं उपत्यकाको फोहोर उठाउने जिम्मा स्थानीय तहको भएकाले आफ्नो जिम्मेवारीबोध गरेर काम गर्न मेयर शाहलाई सचेत गराउने निर्णय गरेको हो।

बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै सरकारकी प्रवक्ता तथा सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले सिंहदरबार, बालुवाटार, शीतलनिवासको फोहोर नउठाउने भन्ने काठमाडौं महानगरका प्रमुखले घोषणा नीतिगत व्यवस्थाविरूद्ध रहेको बताइन्।

बैठकले शितलनिवास, बालुवाटार र सिंहदरबारको फोहोर नउठाउने काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहको अभिव्यक्ति अव्यवहारिक र अराजक रहेकाले नीतिगत व्यवस्थाको परिपालना गर्न आग्रह गरेको हो।

उनले बैठकमा नीतिगत व्यवस्था अनुसार फोहोर उठाउन आग्रह गर्ने र फोहोर नउठे नीति पालना गर्न सरकारले गम्भीरतापूर्वक ध्यानाकर्षण गराउने विषयमा छलफल भएको बताइन्।

२८ चैत, २०७९, १९:२१:५१ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।