उपराष्ट्रपति यादवद्वारा जानकी मन्दिरमा विशेष पूजा

उपराष्ट्रपति यादवद्वारा जानकी मन्दिरमा विशेष पूजा

धनुषा : उपराष्ट्रपति रामसहाय यादवले जनकपुरधामको जानकी मन्दिरमा विशेष पूजाअर्चना गरी प्रसाद ग्रहण गरेका छन्।

उपराष्ट्रपति यादव जानकी मन्दिरमा आइपुग्दा मन्दिरका उत्तराधिकारी महन्थ रामरोशन दास वैष्णवसहितका साधुसन्तले स्वागत गरेका थिए।

उपराष्ट्रपति यादवलाई उत्तराधिकारी महन्थ रामरोशन दासले मन्दिरका बारेमा संक्षिप्त रूपमा जानकारी गराएका थिए।

उपराष्ट्रपति सिरहा जिल्लामा आयोजना हुने कार्यक्रममा सरिक हुन जनकपुरधाम आएका बेलामा जानकी मन्दिरमा विशेष पूजा गरेका हुन्।

सो अवसरमा प्रदेश प्रमुख हरिशङ्कर मिश्र, मधेस प्रदेश सरकारका सामाजिक विकासमन्त्री सुरिताकुमारी साह, प्रदेशसभाका सदस्य रामअशिष यादव, धनुषा जिल्लाका प्रमुख जिल्ला अधिकारी काशीराज दाहाल अन्य सुरक्षा निकायका प्रमुख सहभागी रहेका थिए।

२५ चैत, २०७९, २१:४९:१६ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।