सिद्धार्थ बैङ्कको सहयोगमा नारायणी अस्पतालको डायलाइसिस भवन सञ्चालनमा

सिद्धार्थ बैङ्कको सहयोगमा नारायणी अस्पतालको डायलाइसिस भवन सञ्चालनमा

काठमाडौँ : नारायणी अस्पतालमा डायलाइसिस भवनको प्रबलीकरण सक्किएको छ। ५५ लाखको लागतमा भवन प्रबलीकरण भएको हो।

सिद्धार्थ बैङ्कले २०७९ असोज २६ गते नारायणी अस्पताल र राउन्ड टेबल नेपालसँग डायलाइसिस भवनको प्रबलीकरण तथा निर्माणको सहमति गरेको थियो। सहमति अनुसार प्रबलीकरण र निर्माणको काम सकिएपछि बैङ्कले भवन हस्तान्तरण गरिसकेको छ।

बैङ्कका सञ्चालक समितिका अध्यक्ष मनोज कुमार केडियाले भवनको उपयोगको दायित्व नारायणी अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. चित्रन्जन साहलाई हस्तान्तरण गरेका थिए।

कार्यक्रममा वीरगन्ज क्षेत्रका वरिष्ठ उद्योगपति एवं समाजसेवीहरू र बैकका प्रमुख कार्यकारी अधिकृत सुन्दर प्रसाद कँडेल, प्रदेश प्रमुख प्रविन ढुङ्गेल लगायतका अन्य प्रतिनिधि उपस्थित थिए।

कार्यक्रममा नारायणी अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. चित्रन्जन साहले सिद्धार्थ बैङ्कले सामाजिक उत्तरदायित्वलाई उच्च प्राथमिकतामा राखेर जिम्मेवार संस्थाको भूमिका निभाएको भन्दै धन्यवाद दिएका थिए।

१६ चैत, २०७९, १७:२४:४४ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।