शेखरसहित कांग्रेसका चार नेतालाई स्वर्णिमले पठाएको सन्देश' अहिले बस्न सकिन, तपाइहरूको निर्णय गर्ने हैसियत बनेको दिन फर्किउँला'

शेखरसहित कांग्रेसका चार नेतालाई स्वर्णिमले पठाएको सन्देश' अहिले बस्न सकिन, तपाइहरूको निर्णय गर्ने हैसियत बनेको दिन फर्किउँला'

काठमाडौँ : अर्थविद् स्वर्णिम वाग्लेले नेपाली काँग्रेसको इतर समूहका चार नेतालाई सन्देश पठाउँदै काँग्रेस छाड्ने निर्णयमा पुगेको बताएका छन्। उनले इतर समूहका नेता शेखर कोइराला, महामन्त्री गगन थापा र विश्वप्रकाश शर्मा र डा गोविन्द पोखरेललाई सन्देश पठाएका हुन्।

सन्देशमा उनले देउवा-आरजु गिरोहको निरन्तर हेपाइ र अपमानले पार्टीमा बस्न नसक्ने स्थिति आएको भन्दै पार्टीमा इतर समूहको निर्णायक हैसियत बनेको दिन फेरी कुनै न कुनै रुपमा जोडिन सक्ने आशा व्यक्त गरेका छन्।

उनले सन्देशमा अब कुरेर बस्ने, कृपा र निगाहको जीवनपर्यन्त राजनीतिभन्दा समयसीमा तोकेर आफ्नो उमेर, ज्ञान र ऊर्जा सान्दर्भिक रहँदै डेलिभरीको प्रयोगमा जान चाहेको लेखेका छन्।

उनले पार्टी छाड्ने निर्णय अगाडि भेटेको भए काँग्रेस नछाड्न भन्ने र त्यसपछि छोड्दा अवज्ञा गरेको हुने भएकाले पछि नै बस्ने लेखेका छन्।

उनी काँग्रेस छाडेर तनहुँ-१ को उप निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टीबाट उम्मेदवार हुने प्रयासमा छन्।

१६ चैत, २०७९, १६:३९:३० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।