महानगरको कार्यक्रममा बालेनको प्रश्न, प्रचण्डको जवाफ

महानगरको कार्यक्रममा बालेनको प्रश्न, प्रचण्डको जवाफ

काठमाडौं : काठमाडौं महानगरको आयोजनामा बुधबारदेखि काठमाडौं न्यायिक सम्मेलनमा सुरु भयो।

कार्यक्रमको प्रमुख अतिथिको रुपमा निम्त्याइएका थिए प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’।

कार्यक्रम सुरु भएसँगै महानगर प्रमुख बालेन्द्र शाह (बालेन)ले सरकार टिकिरहे काम गर्न सहज हुने बताए।

उनले भने, ‘सरकार टिकिरहे हामीलाई पनि काम गर्न सहज हुन्छ, सरकार फेरिएसँगै काम गर्न साह्रै अप्ठ्यारो भएका छन्।’

प्रमुख शाहले सरकार स्थानीय पालिका–पालिकामा भएको आभाष दिलाउन सक्नुपर्ने भन्दै न्यायका लागि ११ दिनसम्म हिँडेर काठमाडौं आउनुपर्ने अवस्थाको अन्त्य हुनुपर्नेमा जोड दिए।

उनले प्रधानमन्त्री प्रचण्डप्रति संकेत गर्दै अहिलेको सरकार पनि कतिबेर ढल्ने हो कि रहने हो भन्ने जोखिम रहेको भन्दै व्यङ्ग गरेका थिए।

त्यसको जवाफमा प्रधानमन्त्री प्रचण्डले आफ्नो सरकार पाँच वर्ष नै टिक्ने दाबी गरे।

सम्बोधनका क्रममा उनले भने,  ‘कामनपा प्रमुख बालेन्द्र साहज्युले सरकार फेरबदल भइरहँदा कतिपय कठिनाइ आएको कुरा गर्नुभयो, तर स्थानीय तहको निर्वाचनपछि संघ र प्रदेशको निर्वाचन भइसकेर यहाँसम्म आइसक्दा म नै सरकारमा छु, तपाई ढुक्क हुनुहोस्, यो सरकार ५ वर्ष नै टिक्छ भन्ने मलाई विश्वास छ।’

१५ चैत, २०७९, १३:२४:०३ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।