पशुपतिनाथ मन्दिर परिसरमा प्लाष्टिक निषेध

पशुपतिनाथ मन्दिर परिसरमा प्लाष्टिक निषेध

काठमाडौं : पशुपतिनाथ मन्दिर परिसरमा प्लाष्टिक निषेध गरिएको छ।

पशुपति क्षेत्र विकास कोषले बुधबार एक सूचना निकालेर पशुपति क्षेत्रमा प्लाष्टिकका कारण बढि फोहोर भएको भन्दै निषेध गर्ने निर्णय गरेको हो।

कोषले भनेको छ, ‘प्लाष्टिकजन्य सामग्रीका कारण पवित्र पाशुपत क्षेत्र बढी फोहोरयुक्त देखिएकाले प्लाष्टिकजन्य सामग्री यस क्षेत्रमा नल्याइदिन साथै स्वच्छ पशुपति सफा पशुपति अभियान सफल बनाउन हामी सबै जुटौं भन्ने अनुरोधसहित यो सूचना प्रकाशित गरिएको छ।’

संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले हरेक शनिबार पशुपति क्षेत्रमा सरसफाइ अभियान चलाइरहेको छ। यो अभियान तीन महिनासम्म निरन्तर चल्नेछ।

शनिबार बिहान ८ बजेदेखि १० बजेसम्म चल्ने अभियानमा सहभागी हुन समेत कोषले सबैलाई अनुरोध गरेको छ।

१५ चैत, २०७९, ११:४९:४४ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।