कुराकाओको पोस्टमा अर्जेन्टिनाको सात गोल, ह्याट्रिकसँगै मेस्सीले पूरा गरे १०० अन्तर्राष्ट्रिय गोल

कुराकाओको पोस्टमा अर्जेन्टिनाको सात गोल, ह्याट्रिकसँगै मेस्सीले पूरा गरे १०० अन्तर्राष्ट्रिय गोल

एजेन्सी : अन्तराष्ट्रिय मैत्रीपूर्ण खेलमा अर्जेन्टिनाले कुराकाओमाथि ७–० को सहज जित निकालेको छ।

बुधबार बिहान भएको खेलमा अर्जेन्टिनाका लागि कप्तान लियोनल मेस्सीले ह्याट्रिक पूरा गर्दा निकोलस गोन्जालेज, एन्जो फर्नान्डेज, एन्जल डि मारिया र गोन्जालो मोन्टिएलले समान एक–एक गोल गरे।

खेलको २०औं मिनेटमा मेस्सीले गोल गर्दै अर्जेन्टिनालाई सुरुआती अग्रता दिलाए। २३औं मिनेटमा गोन्जालेजले गोल गर्दै अर्जेन्टिनालाई दोब्बर अग्रता दिलाए।

३३औं मिनेटमा मेस्सीले व्यक्तिगत दोस्रो गोल गर्दै अर्जेन्टिनालाई ३–० को अग्रता दिलाए। ३५औं मिनेटमा फर्नान्डेजले गोल गर्दै अर्जेन्टिनालाई ४–० को अग्रता दिलाए।

३७औं मिनेटमा मेस्सीले ह्याट्रिक पूरा गर्दै अर्जेन्टिनालाई ५–० को अग्रता दिलाउँदा अर्जेन्टिनाका लागि १०० गोलसमेत पूरा गरेका छन्।

७८औं मिनेटमा मारियाले गोल गर्दै अर्जेन्टिनालाई ६–० को अग्रता दिला भने ८७औं मिनेटमा मोन्टिएलले गोल गर्दै ७–० को फराकिलो जिततर्फ उन्मुख गराए।

१५ चैत, २०७९, १०:२०:५१ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।