भूकम्पको दुई महिनामै टर्कीमा अन्तर्राष्ट्रिय फुटबल, क्रोएसिया २-० ले विजयी

भूकम्पको दुई महिनामै टर्कीमा अन्तर्राष्ट्रिय फुटबल, क्रोएसिया २-० ले विजयी

एजेन्सी : गत फेब्रुअरीमा गएको शक्तिशाली भूकम्पपछि टर्कीमा पहिलोपटक अन्तर्राष्ट्रिय फुटबल भएको छ।

करीब ५० हजारको मृत्यु भएको भूकम्प गएको दुई महिनापछि इस्तानबुलमा क्रोएसिया र टर्कीबीच खेल भएको हो।

खेल सुरु हुनुअघि ठूलो ब्यानर सार्वजानिक गर्दे भूकम्पमा ज्यान गुमाउनेहरुको सम्झना गरिएको थियो।

युरो क्वालिफायरको खेलमा क्रोएसिया २–० ले विजयी भयो। उसका लागि माटेओ कोभासिसले दुई गोल गरे।

२०औं मिनेटमा पहिलो गोल गरेको क्रोएसियाले पहिलो हाफको इन्जुरी समयमा अग्रता दोब्बर बनाएको थियो।

टर्कीलाई हराएसँगै समूह ‘डी’ मा क्रोएसिया दोस्रो स्थानमा उक्लिएको छ। टर्कीको भने यो दोस्रो खेलमा पहिलो हार हो।

२ खेलमा वेल्स र क्रोएसियाको समान ४–४ अङ्क रहँदा टर्कीको ३ अङ्क रहेको छ।

मंगलबार रातिनै भएका अन्य खेलमा वेल्सले लाटिभियालाई १–० ले पराजित गर्दा नर्वे भने जर्जियासँग १–१ गोलको बराबरीमा रोकियो।

त्यस्तै कोसोभो र एन्डोराले १–१ गोलको बराबरी खेल्दा रोमानियाले बेलारुसलाई २–१ ले हरायो।

त्यस्तै स्विट्जरल्यान्ड इजरायललाई ३–० ले पराजित गर्न सफल भयो।

१५ चैत, २०७९, ०८:१३:०५ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।