मन्त्रालय भागबन्डा मिलाउन सत्ता गठबन्धनका दलहरूको बैठक बस्दै

मन्त्रालय भागबन्डा मिलाउन सत्ता गठबन्धनका दलहरूको बैठक बस्दै

काठमाडौं : मन्त्रालयको भागबन्डा मिलाउन सत्ता गठबन्धनको बैठक बुधबार विहान बस्दैछ।

मंगलबार साँझ साढे २ घण्टा बसेको बैठक निष्कर्षविहीन भएको बैठक आज बुधबार पुनः बस्न लागेको हो।

बैठक बिहान ९ बजे प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बाेलाइएको छ।

बैठकमा कांग्रेसले ९, जसपा र एकीकृत समाजवादीले तीन-तीन मन्त्रालयमा दाबी गरेका छन्।

त्यस्तै लोसपाले २ मन्त्रालय माग गरेको छ। जनता समाजवादी, लोकतान्त्रिक समाजवादी र नागरिक उन्मुक्ति पार्टीले पनि आफ्नो मागअनुसारका मन्त्रालय पाउनुपर्ने अडानमा छन्।

मंगलबारको बैठकमा सरकारको न्यूनतम साझा कार्यक्रमको मस्यौदा छलफलका लागि पेश भएको नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले बताए।

‘सरकारको न्यूनतम साझा कार्यक्रमको मस्यौदा छलफलका लागि पेश भयो। बुधबार फेरि बस्ने भन्नेछ,’ बैठकपछि उनले भने।

लेखकले मन्त्रालयबारे केही समस्या नरहेको दाबी गरे।

‘भागबन्डाको बारेमा छलफल भएन। सरकार चाँडोभन्दा विस्तार गर्ने कुरा भयो। मन्त्रालय नमिल्ने भन्ने समस्या छैन।’

१५ चैत, २०७९, ०७:५६:३६ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।