उकेरा टप फाइभ : पूर्व सांसद्को छोरालाई उन्मुक्ति दिन न्यायाधीश र महान्यायधिवक्ताको हर्कत, नेपाल र भुटानबीच पहिलोपटक बराबरी

उकेरा टप फाइभ : पूर्व सांसद्को छोरालाई उन्मुक्ति दिन न्यायाधीश र महान्यायधिवक्ताको हर्कत, नेपाल र भुटानबीच पहिलोपटक बराबरी

काठमाडौं : मंगलबार सत्तारुढ गठबन्धनका दलहरूको बैठक बस्यो। सरकार विस्तारका लागि बसेको बैठक निष्कर्षविहीन बन्यो। बैठकले आन्तरिक छलफलका लागि भन्दै बुधबार विहान ९ बजेका लागि बैठक बस्ने भयो।

मंगलबार नै प्रधानमन्त्री थ्री नेसन्स कपमा नेपाल र भुटानबीचको खेल भयो। खेल बराबरीमा रोकिएसँगै नेपाल र लाओसले फाइनल खेल्ने भएको छ। खेलको सुरुवातमा भुटानले अग्रता लिए पनि ८९औं मिनेटसम्म गोल भएन तर ९०औं मिनेटमा नेपालका दिपकराज सिंह ठकुरीले गोल गरे।

अब लागौं टप फाइभतर्फः
उकेराले मंगलबार विहान डिजिटल वालेटको प्रयोगकर्ता १ करोड ६१ लाख २६ हजारभन्दा बढि रहेको समाचार प्रकाशित गर्दै सीमित बैंकहरूबाहेक अन्य कुनै पनि बैंक र वालेट कम्पनीहरूले प्रयोगकर्ताको अधिकारिकता बारे चासो नदेखिएको उल्लेख गर्यो।
पूरा समाचारः प्रमाणिकरणको कमजोरीमा खेल्दै डिजिटल वालेट दुरुपयोगमा गिरोह सक्रिय

दिउँसो उकेराले अन्य सरकारी अस्पतालका सीटी स्क्यान मेसिन बिग्रँदा वीर अस्पतालमा चाप परेको समाचार प्रकाशित गर्यो। वीरमा सीटी स्क्यान गर्न खटिएका एक कर्मचारीले बिहीबार साँझसम्ममा ६९ जना बिरामीको सीटी स्क्यान गरेको बताएका थिए।
पूरा समाचारः अन्य सरकारी अस्पतालका सीटी स्क्यान मेसिन बिग्रँदा चाप जति वीरलाई

उकेराले साँझ नक्कली लाइसेन्सको भरमा पूर्व सांसद् बिन्दिया कार्कीको रविनसिंह कार्कीलाई उन्मुक्ति दिन न्यायाधीश र महान्यायधिवक्ताले गरेको हर्कतबारे समाचार प्रकाशित गर्यो। कार्कीविरुद्धको मुद्दामा सजाय घटाउने उच्चको फैसला प्रमाण नहेरी गरेको अनि महान्यायाधिवक्ताको कार्यालयले पुनरावेदनमा जाने पर्याप्त कानूनी आधार हुँदा(हुँदै बदनियतपूर्ण रूपमा पुनरावेदनमा जानु नपर्ने निर्णय गरेको प्रमाणित भएको छ।
पूरा समाचारः नक्कली लाइसेन्सको भरमा पूर्व सांसद्को छोरालाई उन्मुक्ति दिन न्यायाधीश र महान्यायधिवक्ताले यतिसम्म गरे

साँझ नै उकेराले नियमित स्तम्भ अन्तरगत चौथो अंग प्रकाशित गर्यो। यसमा विगत २३ वर्षदेखि पत्रकारिता गरिरहेका हिमेशको अनुभव समेट्यो।
पूरा समाचारः चौथो अंग : नेपाली पत्रकारहरूले पदको हिसाबमा चाँडै छलाङ त मारे तर क्षमता...

राति उकेराले नेपाल र भुटानबीच भएको प्रधानमन्त्री थ्री नेसन्स कपको फाइनलमा नेपाल र लाओसले प्रतिस्पर्धा गर्ने सम्बन्धी समाचार प्रकाशित गर्यो। नेपाल र भुटानले इतिहासमा पहिलोपटक बराबरी खेलेको हो।
पूरा समाचारः ८९औं मिनेटमा नेपालले फर्कायो गोल, शुक्रबार लाओससँग फाइनल खेल्ने

१४ चैत, २०७९, २२:२२:३९ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।