८९औं मिनेटमा नेपालले फर्कायो गोल, शुक्रबार लाओससँग फाइनल खेल्ने

८९औं मिनेटमा नेपालले फर्कायो गोल, शुक्रबार लाओससँग फाइनल खेल्ने

काठमाडौं : प्रधानमन्त्री थ्री नेसन्स कपमा भएको समूह चरणको अन्तिम खेलमा नेपालले भुटानलाई एक गोल फर्काएको छ।

१-० ले पछि परेको अवस्थामा खेलको ९०औं मिनेटमा नेपालका लागि दिपकराज सिंह ठकुरीले गोल फर्काएका हुन्।

यसअघि खेलको १९औं मिनेटमा भुटानका तेञ्जिङ नोर्बुले गोल गर्दै टिमलाई अग्रता दिलाएका थिए।

जितसँगै नेपालले चैत १७ गते शुक्रबार हुने फाइनल खेलमा लाओससँग भिड्नेछ। भुटान भने दुई खेलमा पराजित भएसँगै प्रतियोगिताबाट बाहिरिएको छ।

तीन राष्ट्र सहभागी प्रतियोगिताको पहिलो खेलमा नेपालले लाओसलाई २–० गोलले पराजित गरेको थियो। लाओसले दोश्रो खेलमा भुटानलाई २–१ गोलले पराजित गरेको थियो।

प्रतियोगिता सिंगल राउण्ड रोबिनको आधारमा भएको हो।

१४ चैत, २०७९, २०:०६:३७ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।