१५ दिन कैद र ४० लाख जरिवाना ताेकिएका फरार प्रतिवादी पक्राउ

काठमाडौं : बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादी पक्राउ परेका छन्।
पक्राउ पर्नेमा नुवाकोटको मेघाङ गाउँपालिका–५ टक्सार ठेगाना भएका ४३ वर्षीय तारालाल विश्वकर्मा रहेका छन्। उनलाई मंगलबार प्रहरीले पक्राउ गरेको हो।
विश्वकर्माविरुद्ध उच्च अदालत पाटनको २०७७ माघ ४ गतेको फैसलाले बैंकिङ कसूर मुद्दामा १५ दिन कैद र ४० लाख रूपैयाँ जरिवाना ठहर गरेको थियो।
त्यसपछि उनी फरार रहेका उनलाई केन्द्रीय अनुसन्धान व्यूरो महाराजगंजबाट खटिएको प्रहरीले काठमाडौं सुन्धाराबाट पक्राउ गरेको हो।
उनलाई फैसला कार्यान्वयनको लागि जिल्ला अदालत काठमाडौंमा पेश गरिएको छ।
१४ चैत, २०७९, १७:१६:११ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।