मंगलबार पनि दोहोरो अंकले बढ्यो शेयर बजार, कारोबार १ अर्ब ४४ करोड

मंगलबार पनि दोहोरो अंकले बढ्यो शेयर बजार, कारोबार १ अर्ब ४४ करोड

काठमाडौं : कारोबार हुने साताको तेस्रो दिन पनि शेयर बजारमा दोहोरो अंकको सुधार आएको छ। सोमबार पनि शेयर बजारमा दोहोरो अंकले सुधार आएको थियो।

मंगलबार नेप्से परिसूचक १२.१० अंकले बढेर १९१८.१० विन्दुमा पुग्दा क वर्गका कम्पनीको कारोबार परिसूचक सेन्सेटिभ २.४१ अंकले बढेर ३६०.४४ विन्दुमा पुगेको छ।

बजारमा दोहोरो अंकको सुधार आए पनि कारोबार भने सोमबारभन्दा थोरै मात्र बढ्यो। यसदिन २५८ कम्पनीको ४० लाख ७७ हजार ७७८ कित्ता शेयर किनबेच हुँदा १ अर्ब ४४ करोड ३७ लाख १३ हजार रुपैयाँको कारोबार भयो।

सोमबार १ अर्ब ३७ करोडको कारोबार भएको थियो।

यस्तै १३ उपसूचक समूहमध्ये मंगलबार तीन समूह ओरालो लागे पनि अन्य समूह भने उकालो लागेको छ। विकास बैंक, फाइनान्स र निर्जीवन बीमा समूह राताम्मे हुँदा सबैभन्दा बढि माइक्रो फाइनान्स समूह ३.४८ प्रतिशतले बढेको छ।

यसदिन तीन वटा कम्पनी सुपर मादी हाइड्रोपावर, सिर्जनशील लघुवित्त र एसियन हाइड्रोपावरले सकरात्मक सर्किट हान्दा कारोबारको हिसाबले सबैभन्दा बढि भने आइएमई जनरल इस्योरेन्स, हिमालयन डिस्टिलरी र शिवम् सिमेन्ट रहे।

मंगलबार १४२ कम्पनीको शेयर उकालो लाग्दा ६७ कम्पनीको ओरालो लागे। यस्तै सात कम्पनी भने स्थिर रहे।

१४ चैत, २०७९, १५:१०:१५ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।