मन्त्रालय टुङ्गिएपछि मात्रै मन्त्रीको नाम दिने एकीकृत समाजवादीमा सहमति

मन्त्रालय टुङ्गिएपछि मात्रै मन्त्रीको नाम दिने एकीकृत समाजवादीमा सहमति

काठमाडौँ : एकीकृत समाजवादीले मन्त्रालय टुङ्गिएपछि मात्रै मन्त्रीहरूको नाम दिने निर्णय गरेको छ। मङ्गलवार बसेको सचिवालय बैठकमा सरकारमा जान कम्तीमा ३ मन्त्रालय पाउनुपर्ने भन्दै मन्त्रालय टुङ्गिएपछि मात्रै मन्त्रीको नाम पठाउने सहमति गरेको हो।

बैठकमा मन्त्रिपरिषद् विस्तारबारे प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग भएको छलफलबारे नेताहरूले ब्रिफिङ गरेका थिए।

बैठकमा भएका छलफलबारे जानकारी दिँदै उपमहासचिव जगन्नाथ खतिवडाले सिट बाँडफाँट टुङ्गो नलागेसम्म मन्त्रीहरूको नाम टुङ्गो नगाल्ने बताएका थिए।

‘नाम मागेपछि बैठक बसेर नाम दिन्छौँ, उनले भने, कम्तीमा ३ पाउनुपर्यो भन्ने हाम्रो दाबी छ, मन्त्रालयको टुङ्गो लागेको केही घण्टामा मन्त्रीको नाम दिन्छौँ।’

एकीकृत समाजवादीले गृह मन्त्रालयसहितका मन्त्रालयमा दाबी गरिरहेको छ। तर गृह माओवादी केन्द्रले नै राख्ने तयारी गरेको छ। सचिवालय बैठकले केदार न्यौपाने र चूडामणि जङ्गलीले दिएको राजीनामा समेत स्वीकृत गरेको छ।

१४ चैत, २०७९, १५:०२:५३ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।