‘राजावादी चाहिंदैन’ भन्दै ज्ञानेन्द्र शाहीविरुद्ध नै खनिए मिटर ब्याज पीडित

‘राजावादी चाहिंदैन’ भन्दै ज्ञानेन्द्र शाहीविरुद्ध नै खनिए मिटर ब्याज पीडित

काठमाडौं : मिटर ब्याज पीडितहरुको आन्दोलनमा समर्थन गर्न माइतीघर पुगेका राप्रपाका सांसद ज्ञानेन्द्र शाहीविरुद्ध नै पीडितहरुले नाराबाजी गरेका छन्।

उनीहरूले ज्ञानेन्द्र शाही राजावदी र सामन्तवादी रहेको आरोप लगाउँदै विरोध जनाएका हुन्। पिडीतहरूले शाहीको विरुद्धमा ‘राजावादी चाहिंदैन, सामन्तवादी चाहिंदैन’ भन्दै नारावाजी गरेका थिए।

बर्दिबासदेखि ११ दिनको पैदल यात्रा गरेर मिटरब्याज पीडितहरू आइतबार काठमाडौं आएका थिए। यसपछि उनीहरूले सोमबारदेखि आन्दोलन थालेका छन्। 

आज बिहान उनीहरू टंगालमा धर्नामा बसेका थिए भने यसपछि भद्रकाली हुँदै माइतीघर मण्डलामा पुगेर फेरि आन्दोलनमा उत्रिएका छन्।

१४ चैत, २०७९, १२:२९:१६ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।