तोलामा एक हजारले घट्यो सुनको मूल्य, कति पुग्यो?

तोलामा एक हजारले घट्यो सुनको मूल्य, कति पुग्यो?

काठमाडौं : आज सुनको मूल्य अघिल्लो कारोबार दिनका तुलनामा प्रतितोला एक हजार रुपैयाँले घटेको छ। 

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य एक लाख आठ हजार रुपैयाँ तोकिएको छ।

आज तेजाबी सुनको मूल्य पनि प्रतितोला एक हजार रुपैयाँले घटेर एक लाख सात हजार पाँच सय कायम भएको छ।

अघिल्लो दिन तेजाबी सुनको मूल्य एक लाख आठ हजार पाँच सय थियो। त्यस्तै आज चाँदीको मूल्य प्रतितोला रु पाँचले घटेर एक हजार तीन सय ५५ मा रुपैयाँ रहेको छ।

१४ चैत, २०७९, ११:५३:२४ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।