सत्ता गठबन्धनको बैठक आज बस्दै, मन्त्रालय भागबन्डाको टुंगो लगाउने योजना

सत्ता गठबन्धनको बैठक आज बस्दै, मन्त्रालय भागबन्डाको टुंगो लगाउने योजना

काठमाडौं : मन्त्रिपरिषद विस्तारका लागि मन्त्रालय भागबन्डाको टुंगो लगाउन सत्ता गठबन्धन दलहरूको बैठक आज बस्दैछ।

आज (मंगलबार) अपराह्न ४ बजे बस्नै बैठकमा मन्त्रालय भागबन्डाका विषयमा अन्तिम टुंगोमा पुगिने बताइएको छ।

मन्त्रालय बाँडफाँडको हिसाब किताब मिलाउन हिजो (सोमबार) गठबन्धनका तीन प्रमुख दलले मात्र छुट्टै बैठक गरेका थिए।

प्रचण्डले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालसँग बालुवाटारमा यस विषयमा छलफल गरेपछि गठबन्धनका अन्य दललाई आज बैठकमा बोलाइएको हो।

१४ चैत, २०७९, ०७:४४:४९ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।