अमेरिकाको एक विद्यालयमा गोली चल्यो, तीन बालबालिकासहित ६ जनाको मृत्यु

अमेरिकाको एक विद्यालयमा गोली चल्यो, तीन बालबालिकासहित ६ जनाको मृत्यु

एजेन्सी : अमेरिकाको एक विद्यालयमा अन्धाधुन्ध गोली चल्दा तीन बालबालिकासहित ६ जनाको मृत्यु भएको छ।

नासभिल सहरको एक प्राथमिक विद्यालयमा २८ वर्षीय एक महिलाले जथाभाबी गोली चलाएको बताइएको छ।

उक्त गोली काण्डमा परेर नौ वर्षका तीन जना बालबालिकाको ज्यान गएको हो। त्यसैगरी विद्यालयमा कार्यरत ६० वर्षमाथिका ३ जनाको पनि मृत्यु भएको बीबीसीले जनाएको छ।

३ देखी १२ वर्षसम्मका बालबालिकालाई पढाइने उक्त विद्यालयमा झण्डै २०० विद्यार्थी रहेका थिए।

यसपछि प्रहरीको कारबाहीमा गोली चलाउने व्यक्ति पनि मारिएको बताइएको छ।

१४ चैत, २०७९, ०७:३०:५० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।