आज मौसम सफा रहने, पानी पर्ने सम्भावना कम

आज मौसम सफा रहने, पानी पर्ने सम्भावना कम

काठमाडौं : आज (मंगलबार) देशका पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ।

कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भू-भागका केही स्थानहरूमा मेघगर्जनसहित हल्का वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ।

राति भने कोशी, गण्डकी र कर्णाली प्रदेशका पहाडी भू-भागमा हल्का वर्षा हुन सक्नेछ भने अन्य स्थान मौसम सामान्यतया सफा रहनेछ।

१४ चैत, २०७९, ०७:०९:४१ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।