उकेरा टप फाइभ : अनलाइन ठगीबारे राष्ट्र बैंकको धारणादेखि झारफुकपछि छोरीको मृत्यु हुँदा आमा र मामासहित १८ जना पक्राउ परेसम्मको प्रसङ्ग

उकेरा टप फाइभ : अनलाइन ठगीबारे राष्ट्र बैंकको धारणादेखि झारफुकपछि छोरीको मृत्यु हुँदा आमा र मामासहित १८ जना पक्राउ परेसम्मको प्रसङ्ग

काठमाडौं : सोमबार सरकारलाई पूर्णता दिने विषयमा सत्तारुढ तीन दलबीच प्रधानमन्त्री निवास बालुवाटारमा छलफल भयो। माओवादी केन्द्र, कांग्रेस र एकीकृत समाजवादीका शीर्ष नेताबीच भएको छलफलले मंगलबार गठबन्धन दलको बैठक बोलाउने निर्णय गर्यो।

मिटरब्याजी पीडितहरूले सोमबार नै काठमाडौंमा आन्दोलन थाले। उनीहरुलाई काठमाडौं महानगरले खुलामञ्च प्रवेश गर्न नदिएपछि महानगर प्रहरीसँग उनीहरुको ठेलमठेल भयो। महानगर प्रमुख बालेन शाहले उनलाई शान्तिवाटिकामा बसेर प्रदर्शन गर्न सुझाए।

अब लागौं उकेरा टप फाइभतर्फः
सोमबार विहान उकेराले अनलाइन ठगीबारे राष्ट्र बैंकको धारणा प्रस्तुत गर्यौं। राष्ट्र बैंकको भुक्तानी प्रणाली विभागका कार्यकारी निर्देशक गुरु प्रसाद पौडेलले हिजोसम्म सामान चोर्नेलाई समात्ने क्षमता भएको प्रहरी प्रशासन थियो भने अब डिजिटल धोकाधडी गर्नेलाई पनि समात्ने क्षमता भएको प्रहरी र कानूनको आवश्यकता रहेको बताए।
पूरा समाचारः पैसा हामीले छापेको भन्दैमा पैसा चोरलाई समात्ने जिम्मेवारी नि हाम्रै हो र?–राष्ट्र बैंक

दिउँसो उकेराले बैंकको कर्मचारी ठानेर खाता नम्बर दिँदा सुर्खेतका एक युवाको बैंक खातामा रहेको लाखौं रकम ठगी भएको समाचार छाप्यो। समाचारमा ती युवाको खाताबाट ५ लाख रकममध्ये केही एनआईसी एसिया बैंक र केही रकम एनएमबी बैंकको खातामा ट्रान्सफर भएको देखियो।
पूरा समाचारः बैंकको कर्मचारी ठानेर खाता नम्बर दिंदा ‘ह्याकर’ को फन्दामा परे हुसेन, लाखौं रुपैयाँ चैट

उकेराले सोमबार नै रुपन्देहीको सैनामैनामा झारफुकमा विश्वास गर्दा ज्यान गुमाउनुपरेको एक घटनाबारे फलोअप समाचार छाप्यो। झारफुकपछि मृत्यु प्रकरणमा अहिले आमा र मामासहित १८ जना पक्राउ परेका छन् भने प्रहरीले अनुसन्धान सकेर सरकारी वकिलको कार्यालयमा फाइल बुझाइसक्यो।
पूरा समाचारः झारफुकपछि मृत्यु प्रकरणः आमा र मामासहित १८ जना पक्राउ, प्रहरीले सक्यो अनुसन्धान

उकेराले आजै अर्थ राजनीतिक विश्लेषक अरुण्कुमार सुवेदीको विचार पनि प्रकाशित गरेको छ। विचारमा उनले एउटा बैंकको म्यानेजरलाई कालोमोसो दलेर, कुटेर, भौतिक कारबाही गरेर समस्याको समाधान हुन्छ त? भन्दै प्रश्न गरेका छन्।
पूरा समाचारः कुनै बैंकको म्यानेजरलाई कालोमोसो दलेर वित्तीय दुर्घटना टर्छ र!

साँझपख उकेराले नियमित स्तम्भ उकेरा कोलम अन्तर्गतको भुईँमान्छे प्रकाशित गर्यो। जसमा आज भजन गायक पूर्णकाजी ज्यापूको भोगाइ समेट्यो। ३५ वर्षदेखि भजन गाउन थालेका उनका जीवनका संघर्ष र अझै पनि भजनप्रतिको प्रेमको बारेमा कोलममा समेटिएको छ।
पूरा समाचारः स्वयम्भूमा बरालिँदा–बरालिँदै भजन गायक भएका पूर्णकाजीः पोल्ट्री व्यवसायमा लागे तर ‘भजन गाउनेले के कुखुरा मार्नु’ भनेर छाडिदिए

१३ चैत, २०७९, २२:१५:१० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।