राहुल गान्धीको मुद्दामा कांग्रेसको ‘ब्ल्याक प्रोटेस्ट’, ममता बनर्जीको पनि साथ

राहुल गान्धीको मुद्दामा कांग्रेसको ‘ब्ल्याक प्रोटेस्ट’, ममता बनर्जीको पनि साथ

एजेन्सी : राहुल गान्धीको सांसद पद खारेज गरेको विरोधमा भारतीय कांग्रेसले लोकसभामा विरोध गरेको छ।

सोमबारको लोकसभाको बैठक सुरू हुनासाथ कांग्रेस सांसदहरू सभामुख भएतिर गएका थिए। त्यसक्रममा केहीले कागजको टुक्रा सभामुखतर्फ फालेका थिए।

सोमबारको बैठकमा कांग्रेसका सांसदहरू कालो कपडा लगाएर गएका थिए। कांग्रेस सांसदहरूको विरोधका कारण संसद बैठक एक मिनेटमै स्थगित गरिएको थियो।

देशका विभिन्न स्थानमा कांग्रेस कार्यकर्ताले विरोध प्रदर्शन गरिरहेका छन्। राहुल गान्धीको पक्षमा ममता बनर्जीको पार्टी टीएमसीले पनि कांग्रेसको साथ दिएको छ।

प्रधानमन्त्री नरेन्द्र मोदीविरुद्ध अपशब्द प्रयोग गरेको भन्दै राहुल गान्धी विरुद्ध अदालतले दुई वर्ष जेल सजाय तोकेको थियो।

१० हजार रूपैयाँ धरौटीमा रिहा भए पनि उनको सांसाद् पद भने गएको छ। भारतमा कुनै पनि सांसद्को दुई वा दुई वर्षभन्दा बढि जेल सजाय तोकेको अवस्थामा सांसद् पद खारेज हुने व्यवस्था छ।

१३ चैत, २०७९, १४:३६:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।