एक वर्षपछि चीन फर्किए अलिबाबाका संस्थापक ज्याक मा

एक वर्षपछि चीन फर्किए अलिबाबाका संस्थापक ज्याक मा

एजेन्सी : लामो समयदेखि सर्वसाधारणबाट टाढा रहेका चिनियाँ कम्पनी अलिबाबाका संस्थापक ज्याक मा हाङ्जाउको विद्यालयमा देखा परेका छन्।

साउथ चाइना मर्निङ पोस्टको रिपोर्ट अनुसार ज्याक मा हालै चीन फर्किएका हुन्। उनी एक वर्षभन्दा बढी समयदेखि विदेशमा भएकाे पत्रिकाकाे दाबी छ।

साउथ चाइना मर्निङ पाेस्ट ज्याक माको कम्पनी अलिबाबाको स्वामित्वमा छ।

५८ वर्षीय ज्याक माले २०२० मा चीनको आर्थिक नियामकहरूको आलोचना गरेका थिए। त्यसयता उनी विरलै सार्वजनिक रूपमा देखा परेका थिए।

ज्याक मा प्राविधिक उद्यमीहरू विरुद्धको अभियानपछि बेपत्ता हुने सबैभन्दा उच्च प्रोफाइल अरबपति थिए।

समाचारमा उनी केही समय हङकङमा बसेको र त्यहाँ भएको अन्तर्राष्ट्रिय आर्ट फेस्टिभलहरूमा पनि सहभागी भएको उल्लेख छ।

ज्याक मा कुनै समय चीनका सबैभन्दा धनी व्यक्ति थिए।

१३ चैत, २०७९, १४:२१:२८ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।