बल्ल आयो मिराको एआईजी हुने पालो, चार जनाको नाम सिफारिस

बल्ल आयो मिराको एआईजी हुने पालो, चार जनाको नाम सिफारिस

काठमाडौं : नेपाल प्रहरीमा रिक्त रहेको चार एआईजी पदमा बढुवा गर्न चार डीआईजीको नाम सिफारिस भएको छ।

बढुवा सिफारिस समितिले हालै एआईजीहरुले अवकाश पाउँदा रिक्त भएको पदमा चार डीआईजीलाई बढुवा गर्न सिफारिस गरेको हो। 

डीआईजी सन्दीप भण्डारी, सुदिप गिरी, मिरा चौधरी र टेकबहादुर तामाङलाई रिक्त एआईजी पदमा बढुवा गर्न सिफारिस गरिएको छ।

आईजीपी धिरजप्रताप सिंहसँगै एआईजी सहकुल थापा, उत्तम सुवेदी र दिवेश लोहनीले अवकाश पाउँदा तीन पद रिक्त भएको थियो। वशन्तबहादुर कुँवर आईजीपीमा बढुवा भएपछि रिक्त संख्या ४ पुगेको थियो।

सिफारिस समितिले सिफारिस सार्वजनिक गरेका माथि उजुरी नपरेमा १५ दिनभित्र बढुवा हुने प्रहरी नियमावलीमा उल्लेख छ।

१३ चैत, २०७९, १२:२६:३३ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।