मन्त्रिपरिषद विस्तारका लागि तीन प्रमुख दलले गरे छुट्टै बैठक, गठबन्धनका अन्य दलसँगको बैठक भोलि

मन्त्रिपरिषद विस्तारका लागि तीन प्रमुख दलले गरे छुट्टै बैठक, गठबन्धनका अन्य दलसँगको बैठक भोलि

काठमाडौं : मन्त्रिपरिषद विस्तारका लागि मन्त्रालय भागबन्डाको हिसाब किताब मिलाउन प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) को प्रयास जारी छ। 

जसका लागि आज (सोमबार) तीन प्रमुख दलले छुट्टै बैठक सम्पन्न गरेका छन् भने गठबन्धनका अन्य दलसँगको बैठक भोलि हुने बताइएको छ।

प्रचण्डले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालसँग आज बालुवाटारमा यस विषयमा छलफल गरेका हुन्।

छलफलमा मन्त्रिपरिषद विस्तारका लागि भोलि (मंगलबार) दिउँसो ४ बजे गठबन्धन दलको बैठक बोलाउने समझदारी भएको बताइएको छ।

१३ चैत, २०७९, ११:४१:०२ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।