सन्दीपविरुद्धको नाबालिग बलात्कार मुद्दामा आजदेखि अन्तिम सुनुवाइ हुँदै

सन्दीपविरुद्धको नाबालिग बलात्कार मुद्दामा आजदेखि अन्तिम सुनुवाइ हुँदै

काठमाडौं : नेपाली क्रिकेट टिमका पूर्व कप्तान सन्दीप लामिछानेविरुद्धको बलात्कारको मुद्दामा आज (सोमबार)देखि अन्तिम सुनुवाइ सुरु हुने भएको छ।

नाबालिग बलात्कार आरोप लागेका क्रिकेटर सन्दीपको मुद्दामा जिल्ला अदालत काठमाडौंमा आजदेखि सुनुवाइ हुनेछ।

यसअघि उनलाई यसै मुद्दामा काठमाडौं जिल्ला अदालतले पुर्पक्षको लागि थुनामा राख्न आदेश दिएको थियो।

तर यसलाई उल्टाउँदै उच्च अदालत पाटनले विभिन्न सर्तसहित उनलाई २० लाख धरौटीमा रिहा गर्न आदेश दिएपछि उनी कारागार मुक्त भएका थिए।

सन्दीपविरुद्ध गत कात्तिक १४ गते जिल्ला अदालत काठमाडौंमा जबर्जस्ती करणीको मुद्दा दायर भएको थियो। नाबालिग बलात्कार ​​​​आरोपमा सन्दीपलाई १२ वर्ष कैद सजाय हुनुपर्ने माग दाबी गरिएको छ।

१३ चैत, २०७९, ११:२५:२९ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।