मुम्बईले जित्यो पहिलो संस्करणको महिला आईपीएलको उपाधि

मुम्बईले जित्यो पहिलो संस्करणको महिला आईपीएलको उपाधि

एजेन्सी : पहिलो पटक आयोजना भएको महिला आईपीएल (वुमेन्स प्रिमियर लिग) को उपाधि मुम्बई इन्डियन्सले जितेको छ।

आइतबार राति भएको फाइनल खेलमा मुम्बईले दिल्ली क्यापिटल्सलाई सात विकेटले पराजित गर्यो।

खेलमा टस जितेर पहिला ब्याटिङ गरेको दिल्लीले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १३१ रन बनाएको थियो। जसका लागि ओपनर मेग ल्यानिङले सर्वाधिक ३५ रन जोडेकी थिइन्।

जवाफमा १३२ रनको लक्ष्य मुम्बईले १९.३ ओभरमा मात्र ३ विकेटको नोक्सानीमा भेट्टायो। मुम्बईको जितमा इंग्ल्यान्डकी नाट ब्रन्टले ५५ बलमा ७ चौकासहित सर्वाधिक अविजित ६० रनको योगदान दिएकी थिइन्।

१३ चैत, २०७९, १०:१३:३८ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।