मेजर जनरल क्रिस्टोफरको नेतृत्वमा २२ अमेरिकी सेना नेपालमा, नेपाली अधिकारीसँग तीन दिन बैठक हुने

मेजर जनरल क्रिस्टोफरको नेतृत्वमा २२ अमेरिकी सेना नेपालमा, नेपाली अधिकारीसँग तीन दिन बैठक हुने

काठमाडौँ : ‘बाइल्याटरल ल्यान्ड फोर्सेस टक’ का लागि अमेरिकी सेना नेपाल आएको छ। नेपाली सेनाले र अमेरिकाको सेनाबीच तीन दिन हुने बैठकमा सहभागी हुन अमेरिकी सेनाको टिम नेपाल आएको हो।

सेनाका अनुसार चैत १३ गतेदेखि १५ गतेसम्म काठमाडौँमा बैठक हुनेछ। सन् २०१८ देखि हरेक वर्ष यस्तो बैठक हुने गरेको र प्रत्येक वर्ष एक अर्को मुलुकमा आयोजना हुने गरेको सेनाले बताएको छ।

यस पटकको बैठकमा शान्ति सेना, मानवीय सहायता र विपद् प्रतिक्रिया, तालिम र विज्ञता आदानप्रदान गरी चार विषयमा केन्द्रित रहने सेनाले जानकारी दिएको छ।

बैठकमा नेपाल सरकारका परराष्ट्र मन्त्रालय, अर्थ मन्त्रालय र रक्षा मन्त्रालयका सहसचिव र उपसचिवहरूका साथै नेपाली सेनाका रथी एवं अधिकृतहरू समेटिएको १४ सदस्यीय टोली सहभागी  हुनेछन्। अमेरिकी सेनाको प्यासिफिक कमान्डका डेपुटी कमान्डर मेजर जनरल क्रिस्टोफर स्मिथको कमान्डमा २२ सदस्यीय टोली सहभागी हुनेछन्। 

कार्यक्रममा नेपाली टोलीको नेतृत्व उपरथी अशोकराज सिग्देलले गर्नेछन्।

१२ चैत, २०७९, २३:२६:४८ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।