लुम्बिनी सरकारबाट बाहिरियो माओवादी, तीन मन्त्रीले दिए राजीनामा

लुम्बिनी सरकारबाट बाहिरियो माओवादी, तीन मन्त्रीले दिए राजीनामा

बुटवल : लुम्बिनी प्रदेशमा रहेका माओवादी केन्द्रका मन्त्रीहरूले पदबाट राजीनामा दिएका छन्।

एमाले नेतृत्वको सरकारमा सहभागी भएका माओवादी केन्द्रका तीन मन्त्रीले राजीनामा दिएको केन्द्रका लुम्बिनी प्रदेश अध्यक्ष सुदर्शन बरालले जानकारी दिए।

यससँगै माओवादी लुम्बिनी सरकारबाट बाहिरिएको छ। राजीनामा दिने मन्त्रीहरूमा कृष्णा केसी, जोख बहादुर महरा र इन्द्र जित थारू रहेका छन्।

‘पार्टीका सबै मन्त्रीहरूले राजीनामा दिइसक्नु भएको छ। अब सरकारलाई दिएको समर्थन फिर्ता लिएको जानकारी दिन जाँदै छौं,’ उनले भने।

माओवादीले सरकारलाई दिएको समर्थन फिर्ता लिएर मन्त्रीहरूले राजीनामा दिएपछि मुख्यमन्त्री लिला गिरी अल्पमतमा परेका छन्।

१२ चैत, २०७९, १३:२२:१३ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।