३२ वर्षको उमेरमा स्पेनबाट जोसेलुको डेब्यु, दुई मिनेटको अन्तरमा गरे दुई गोल

एजेन्सी : स्पेनले युरोकप २०२४ को छनोट खेलमा नर्वेलाई ३-० गोलअन्तरले पराजित गरेको छ।
समूह ‘ए’ मा घरेलु मैदानमा स्पेनको जितमा डेब्यु खेल खेलिरहेका फरवार्ड जोसेलुले दुई गोल गरेका थिए।
शनिबार राति भएको खेलको १३ औं मिनेटमा ओल्मोको गोलमार्फत स्पेनले १-० को अग्रता बनाएको थियो।
यसपछि सब्सटिच्युट खेलाडीको रुपमा ८१औं मिनेटमा मैदान छिरेका जोसेलुले दुई मिनेटको अन्तरमा लगातार दुई गोल गरे।
उनले ८३ औं मिनेटमा र ८३ औं मिनेटमा गोल गर्दै स्पेनको ३-० को जित पक्का गरेका थिए।
जोसेलुले ३२ वर्षको उमेरमा स्पेनको टिमबाट डेब्यु गरेका हुन्।
१२ चैत, २०७९, ०९:११:२० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।