पाँचपटकको विश्वकप विजेता ब्राजिल​​​​​​​ मोरक्कोसँग पराजित

पाँचपटकको विश्वकप विजेता ब्राजिल​​​​​​​ मोरक्कोसँग पराजित

एजेन्सी : पाँचपटकको विश्वकप विजेता ब्राजिल अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा मोरक्कोसँग २-१ गोलअन्तरले पराजित भएको छ।

युवा खेलाडीहरूलाई मौका दिएको ब्राजिलले खेलमा मोरक्कोसँग अप्रत्याशित नतिजा भोग्नुपर्यो।

आज बिहान भएको खेलमा घरेलु मैदानमा २९ औं मिनेटमा बोउफलले गोल गर्दै मोरक्कोलाई १-० को अग्रता दिलाएका थिए।

यसपछि ६७ औं मिनेटमा क्यासमिरोले ब्राजिलको लागि बराबरी गोल फर्काए। तर ७९ औं मिनेटमा साविरीले गोल गरेपछि मोरक्को ब्राजिललाई पराजित गर्न सफल भयो।

कतार विश्वकपमा पनि सानदार प्रदर्शन गर्दै मोरक्को सेमिफाइनलसम्म पुगेको थियो।

१२ चैत, २०७९, ०७:२९:११ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।