कोरोनापछि पर्यटनमा आर्थिक मन्दीको असर, अन्नपूर्ण पदमार्गमा छैनन् धेरै पर्यटक

कोरोनापछि पर्यटनमा आर्थिक मन्दीको असर, अन्नपूर्ण पदमार्गमा छैनन् धेरै पर्यटक

लमजुङ : अन्नपूर्ण हिमाललाई फन्को मार्नका लागि अन्नपूर्ण पदमार्गमा गत तीन महिनामा करिब साढे दुई हजार विदेशी पर्यटकको मात्र आगमन भएको छ।

‘अन्नपूर्ण सर्किट’ पदयात्राका लागि सन् २०२३ को जनवरीदेखि हालसम्म दुई हजार चार सय ७५ जना विदेशी पर्यटक आएका हुन्।

अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) पर्यटक जाँच केन्द्र धारापानीका पर्यटन सहायक क्षेत्रबहादुर गुरुङका अनुसार यतिबेला दैनिक ४०/५० जना पर्यटक मात्र आउने गरेका छन्।

‘यस पदमार्गमा यतिबेला कम पर्यटक आइरहेका छन्, विश्वमा देखा पर्दै गएको आर्थिक मन्दीका कारण हुनसक्छ’, उनले भने।

कोरोना सङ्क्रमणपछि विगतमा आएको झै पर्यटक हालसम्म आएका छैनन्। पर्यटकको कमीले पदमार्गका पर्यटन व्यवसायी चिन्तित छन्।

कोरोना हटे यता विगतमा झै पर्यटक आउन नसकेको व्यवसायीहरू बताउँछन्।

११ चैत, २०७९, ११:१२:३७ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।