दुई वर्ष जेल सजाय तोकिएपछि राहुल गान्धीको सांसद् पद खारेज

दुई वर्ष जेल सजाय तोकिएपछि राहुल गान्धीको सांसद् पद खारेज

एजेन्सी : कांग्रेस आईका पूर्व अध्यक्ष तथा लोकसभा सदस्य राहुल गान्धीको सांसद पद खारेज भएको छ।

राहुल गान्धी केरलको वायनाडबाट लोकसभामा सांसद हुन्। लोकसभा सचिवालयले मानहानी मुद्दामा दुई वर्षको जेल सजाय भोगेपछि राहुल गान्धीको सदस्यता खारेज गर्न सूचना जारी गरेको हो।

दुई वर्ष वा त्यसभन्दा बढि सजाय पाएपछि सांसद वा विधायकको सदस्यता स्वतः समाप्त हुने संवैधानिक व्यवस्था छ। साेहीअनुसार राहुलको संसद् सदस्यता समाप्त भएको हो।

कांग्रेसले आफ्ना नेतालाई सत्य बोलेकोमा सजाय दिइएको प्रतिक्रिया दिँदा भारतीय जनता पार्टी (भाजपा)ले भने लोकसभा सचिवालयको निर्णयलाई स्वागत गरेको छ।

१० चैत, २०७९, १६:१८:२८ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।