बीवाईडी र प्रभु बैंकबीच इभी फाइनान्सिङका लागि सम्झौता

बीवाईडी र प्रभु बैंकबीच इभी फाइनान्सिङका लागि सम्झौता

काठमाण्डौं : बीवाईडी अटो इन्डष्ट्रीज कम्पनी लिमिटेडको नेपालका लागि आधिकारिक बिक्रेता साईमेक्स इंक प्रा.लिले बिद्युतीय सवारीको फाइनान्सिङका लागि प्रभु बैंकसँग वित्तीय सम्झौता गरेको छ।

यस साझेदारी अनुसार ग्राहकहरूलाई बीवाईडी ब्रान्डको विद्युतीय सवारी साधन खरिद गर्न सहजरुपमा कर्जा प्रदान गर्ने लक्ष्य राखिएको छ।

नेपालमा हाल विद्युतीय सवारी साधनको लोकप्रियता बढिरहेको छ। सोही अनुरूप ग्राहकहरूको माग पूरा गर्न प्रभु बैंकले आफ्ना देशभर रहेका शाखाहरूबाट सहज रुपमा बीवाईडी ब्रान्डका सवारी साधन खरिदका लागी कर्जा उपलब्ध गराउने भएको छ।

बीवाईडी विभिन्न मोडलहरुका बिद्युतीय सवारी साधनहरु उत्पादन गर्ने अग्रणी विश्वव्यापी निर्माता कम्पनी हो। यसका बिद्युतीय सवारी साधनहरु विश्वसनीयता, सुरक्षा र कार्यसम्पादनका लागि परिचित छन्।

साइमेक्स इंक प्रा.लि. का प्रमुख वित्त अधिकारी श्री मेमन धौगाडा भन्छन्, ‘बीवाईडी विश्वभर दिगो र किफायती यातायात समाधानहरु प्रदान गर्न प्रतिवद्ध छ। प्रभु बैंकसँगको यो साझेदारीले हामीलाई बिद्युतीय सवारीलाई नेपालमा उपभोक्ताहरू माझ थप पहुँच योग्य बनाउन मद्दत गर्नेछ।

त्यस्तै प्रभु बैंकका उपभोक्ता बैंकिङ्ग प्रमुख वीरेन्द्र भट्ट भन्छन्, ‘प्रभु बैंकमा, हामी दिगो विकासलाई समर्थन गर्न प्रतिवद्ध छौं। बीवाईडीसँगगको हाम्रो साझेदारीले हामीलाई बिद्युतीय सवारी साधनमा स्विच गर्न चाहने ग्राहकहरुको आवश्यकता अनुरुप वित्तिय समाधानहरु प्रदान गर्न सक्षम बनाउनेछ।’

यस सहकार्य पश्चात् प्रभु बैंकका ग्राहकहरूले अब नेपालका कुनै पनि बीवाईडी डिलरबाट सवारी साधन खरिद गर्दा प्रभु बैंक लिमिटेडबाट सजिलै ८०% सम्म कर्जा प्राप्त गर्न सक्नेछन्। साथसाथै सो कर्जा ५ वर्ष अवधिसम्म लिन मिल्ने प्रावधान गरिएको छ।

१० चैत, २०७९, ११:३७:४१ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।