सेयर बजार घटेको घट्यै, १९ सय नजिक आइपुग्यो नेप्से

सेयर बजार घटेको घट्यै, १९ सय नजिक आइपुग्यो नेप्से

काठमाडौं : हप्ताको कारोबारको पहिलो दिनबाट सुरु भएको नेप्सेको ओरालो यात्रा साताको अन्तिम दिन बिहीबार पनि जारी रह्यो। बिहीबार सेयर बजार परिसूचक नेप्से १८.१५ अङ्कले घटेर १९१५.१४ विन्दुमा झर्यो।

बिहीबार नेप्से राताम्मे भयो। सबै समूहको सेयर घट्यो। जलविद्युत, माइक्रो फाइनान्स र बिमा समूहको सेयर उच्च अङ्कले ओरालो लाग्यो।

२ सय ५९ वटा कम्पनीका ४३ लाख ४० हजार कित्ता सेयर किनबेच हुँदा एक अर्ब ४१ करोड ३१  लाख रूपैयाँको मात्र कारोबार भयो।

बिहीबार सबैभन्दा धेरै एनआइसी एसिया बैङ्कको २१ करोड ७४ लाख रूपैयाँको सेयर किनबेच भयो। 

समग्रमा बजार घट्दा पनि सबैभन्दा धेरै मायाखोला जलविद्युत, एसिया हाइड्रोपावर र नेपाल इन्भेस्टमेन्ट मेगा बैङ्कको प्रमोटर सेयर १० प्रतिशतले बढ्यो। 

युनिक नेपाल लघुवित्त कम्पनी र सृजनशील लघुवित्तको सेयर मूल्य सबैभन्दा धेरै घट्यो। 

९ चैत, २०७९, १६:०७:४५ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।