थ्री स्टारलाई हराउँदै तिलोत्तमा गोल्डकपमा फाइनलमा सुदूरपश्चिम ११

थ्री स्टारलाई हराउँदै तिलोत्तमा गोल्डकपमा फाइनलमा सुदूरपश्चिम ११

बुटवल :  सुदूरपश्चिम ११ बुटवलमा जारी २२ औँ तिलोत्तमा गोल्डकपमा फाइनलमा पुग्ने पहिलो टिम भएको छ। बुधवार एन्फा टेक्निकल सेन्टरमा भएको पहिलो सेमिफाइनल खेलमा विभागीय टिम थ्री स्टार क्लबलाई १–० ले हराउँदै सुदूरपश्चिम ११ फाइनलमा प्रवेश गरेको हो।

सुदूरपश्चिम ११ का लागि एक मात्र निर्णायक गोल खेलको ८६ औँ मिनेटमा फागुराम थारुले गरेका थिए।

बुधवारको खेलमा सुदूरपश्चिम ११ का विष्णु चौधरी म्यान अफ दी म्याच घोषित भए। प्रतियोगिता अन्तर्गत बिहीबार सेमिफाइनलको दोस्रो खेल फ्रेण्डर्स क्लब र मनाङ मस्र्याङदीकाबिच दिउँसो साढे ३ बजे हुनेछ।

बुटवल उपमहानगरपालिकाको संरक्षकत्व र रुपन्देही फुटबल सङ्घको आयोजनामा सञ्चालित प्रतियोगिताको विजेताले ११ लाख ११ हजार एक सय ११ रुपैयाँ र उपविजेताले ५ लाख ५५ हजार ५ सय ५५ रुपैयाँ प्राप्त गर्नेछन्।

सर्वोत्कृष्ट खेलाडीले एक लाख रुपैयाँ एक थान मोटरसाइकल पुरस्कार पाउँदा उत्कृष्ट फरवार्ड, गोलरक्षक, मीड फिल्डर, डिफेन्स र कोचलाई जनही ३० हजारका दरले नगद पुरस्कार प्रदान गरिने छ।

८ चैत, २०७९, २०:४९:०९ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।