राेनाल्डोका डेढ करोड फलोअर्स बढ्दा मेस्सी र एम्बाप्पेका घटे

राेनाल्डोका डेढ करोड फलोअर्स बढ्दा मेस्सी र एम्बाप्पेका घटे

एजेन्सी : पछिल्लो ३० दिनमा पोर्चुगिज स्टार क्रिस्टियानो रोनाल्डोको १ करोड ५० लाख इन्स्टाग्राम फलोअर्स बढेका छन्।

इन्स्टाग्राममा सबैभन्दा धेरै फलो गरिएका राेनाल्डाेको फलोअर्स अहिले ५६४ मिलियन पुगेको छ। पाँच पटकको बालोन डी’ओरका विजेतासमेत रहेका उनी अहिले साउदी अरेबियाको अल-नासर क्लबबाट खेल्दैछन्।

गत महिना राेनाल्डोलाई पनि पछि पार्दै सबैभन्दा धेरै फलोअर अमेरिकी गायिका/अभिनेत्री सेलेना गोमेजले फलोअर्स बढाइन्।

गत महिना उनले २ करोड २४ लाख फलोअर्स बढाउँदा राेनाल्डाेले मात्र १ करोड ५० लाख बढाएका थिए। यद्यपि गोमेजको कुल फलोअर्स रोनाल्डोकाे भन्दा कम छन्। गोमेजको अहिले ४०१ मिलियन फलोअर्स छन्।

उता लियोनेल मेस्सी र केलियन एम्बाप्पेका फलोअर्स भने घटेका छन्। पछिल्लो एक महिनामा मेस्सीले ५ लाख ७७ हजार फलोअर्स घटेर ४४३ मिलियनमा झरेको छ।

एम्बाप्पेका फलोअर्स पनि एक महिनामा २ लाख ५० हजार घटे। योसँगै उनकाे कुल फलोअर्स १०१ मिलियनमा झरेको छ।

यद्यपि उनका फलोअर्स आगामी दिनमा अझै बढ्ने देखिन्छ। उनलाई नै मेस्सी र रोनाल्डोकाे उत्तराधिकारीको रूपमा हेर्न थालिएको छ।

८ चैत, २०७९, ०८:१३:५४ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।