राति तीन प्रदेशमा चट्याङसहित पानी पर्ने, सतर्कता अपनाउन महाशाखाको आग्रह

राति तीन प्रदेशमा चट्याङसहित पानी पर्ने, सतर्कता अपनाउन महाशाखाको आग्रह

काठमाडौं : मंगलबार राति तीन प्रदेशमा पानी पर्ने भएको छ।

माैसम विज्ञान विभागको माैसम पूर्वानुमान महाशाखाका अनुसार मंगलबार राति बागमती, मधेश र काेशी प्रदेशमा मेघ गर्जन र चट्याङसहित वर्षाको सम्भावना छ।

बुधबार दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशका साथै बाँकी प्रदेशका पहाडी भू-भागका थोरै स्थानहरूमा तथा तराई भू-भागका एक-दुई स्थानमा मेघ गर्जन/चट्याङ्ग सहित क्षणिक/हल्का देखि मध्यम वर्षाको सम्भावना छ।

आज राती बागमती, मधेश र कोशी प्रदेशमा समेत मेघ गर्जन चट्याङ सहित क्षणिक बर्षा हुन सक्ने संभावना रहेको हुँदा आवश्यक सतर्कता अपनाउन हुन अनुरोध छ। pic.twitter.com/vDWm5XGAxE

— Nepal Weather Forecast (@DHM_Weather) March 21, 2023

देशको पहाडी भू-भागका थोरै स्थानहरूमा तथा तराई भू-भागका एक-दुई स्थानमा मेघ गर्जन/चट्याङ्ग/हावा-हुरी/असिनासहित क्षणिक/हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको हुनाले मेघगर्जन/चट्याङ्ग तथा हावा-हुरीबाट क्षति हुन नदिन आवश्यक सतर्कता अपनाउन समेत महाशाखाले अनुरोध गरेको छ।

७ चैत, २०७९, १९:४२:०७ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।