प्रचण्ड भन्छन् - ‘पहिला विश्वासको मत लिंदा ९९.२५ थियो, भोलि सय नै हुन्छ भन्ने आशा छ’

प्रचण्ड भन्छन् - ‘पहिला विश्वासको मत लिंदा ९९.२५ थियो, भोलि सय नै हुन्छ भन्ने आशा छ’

काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड)ले सोमबारको प्रतिनिधिसभा बैठकमा शतप्रतिशत सांसदहरूको विश्वासको मत पाउने आशा रहेको बताएका छन्। 

आज (आइतबार) प्रतिनिधिसभा बैठकपछि पत्रकारहरूसँग कुरा गर्दै उनले यो प्रतिक्रिया दिएका हुन्।

‘मैले आशाको कुरा गर्दा पहिला विश्वासको मत लिंदा ९९.२५ थियो। भोलि सय नै हुन्छ भन्ने आशा छ,’ उनले भने।

सोमबार (भोलि) दिउँसो १ बजे प्रचण्डले विश्वासको मत लिंदैछन्। यसअघि दाहालले गत पुस २६ गते विश्वासको मत लिएका थिए। 

५ चैत, २०७९, १८:१०:३९ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।