रोकिएन नेप्सेको ओरालो यात्रा, आइतबार झरेर १९२६ मा

रोकिएन नेप्सेको ओरालो यात्रा, आइतबार झरेर १९२६ मा

काठमाडौँ : साताको पहिलो कारोबार दिन नेप्से परिसूचक ६.९० अङ्क घटेर १९२६.४० बिन्दुमा पुगेको छ। सेन्सेटिभ इन्डेक्स १.५२ अङ्कले घटेको छ भने फ्लोट इन्डेक्स ०.५८ अङ्क र सेन्सेटिभ फ्लोट इन्डेक्स ०.६६ अङ्कले घटेको छ।

आइतबार कारोबार भएका २५९ कम्पनीको ३१ लाख ६३ हजार कित्ता सेयर एक अर्ब ६ करोड ९८ लाख ४ हजार रुपैयाँ बराबरमा खरिद–बिक्री भयो।

अघिल्लो कारोबारको तुलनामा आइतबार कारोबार रकमसमेत घटेको छ। बिहीबार नेप्सेमा १ अर्ब १४ करोडको सेयर खरिद–बिक्री भएको थियो।

नेप्सेका १३ उपसमूहमध्ये पाँच उपसमूहको परिसूचक बढेको छ भने आठ उपसमूहको परिसूचक घटेको छ। होटेल तथा पर्यटन, जलविद्युत्, लगानी, निर्जीवन बिमा र व्यापार उपसमूहको परिसूचक बढेको छ।

आइतबार नेप्से परिसूचक घटे पनि मानुषी लघुवित्त, युनिक नेपाल लघुवित्त र शुभम् पावरको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। सानिमा ग्रोथ फन्डको इकाई मूल्य ८.५६ प्रतिशतले घटेको छ।

५ चैत, २०७९, १७:०३:४८ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।